एनपीएल : कर्णाली याक्स -चितवन राइनोज केहीँ समयपछि मैदानमा उत्रिने


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेपछि चितवन राइनोजलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

टियू मैदान कीर्तिपुरमा केहीँ समयपछि सुरु हुने खेलमा कर्णाली तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ। चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित ४ अङ्क बनाएको छ।

कर्णाली याक्स प्लेइङ ११:
शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी

चितवन राइनोज प्लेइङ ११:
दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्