दक्षिण कोरियाली विमान दुर्घटना : १८१ जना सवार मध्ये २८ जनाको मृत्यु पुष्टि


काठमाडौँ : दक्षिण कोरियाको दक्षिणपश्चिममा रहेको एउटा विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएको प्रहरी र अग्निनियन्त्रकले बताएका छन्।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दुर्घटना स्थानीय समय बिहान ९स्०७ बजे भएको हो।

बैंककबाट फर्किएको जेजु एयरको उडान अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलको बारसँग ठोकिएको हो।

अधिकारीहरूले दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ।

तीन जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्