पाँचौ टेस्टको पहिलो इनिङग्समा अस्ट्रेलियाविरूद्ध भारत १८५ रनमा अलआउट


काठमाडौं : शुक्रबारबाट सिड्नीमा सुरू भएको अस्ट्रेलियाविरूद्धको पाँचौ टेस्टमा भारत १८५ रनमै अलआउट भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनको खेल नसकिदै अलआउट भएको हो।

भारतका लागि विकेटकिपर ब्याटर ऋषव पन्तले सबैभन्दा बढी ४० रन जोडे। रवीन्द्र जडेजाले २६ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए।

ओपनर यसश्वी जैसवाल (१० रन), केएल राहुल ९४ रन०, शुभमन गिल ९२० रन० र विराट कोहली (१७ र) मा आउट भएका थिए।

नितिशकुमार रेड्डी गोल्डेन डकआउट भए भने वासिङटन सुन्दर ९१४ रन०, प्रसिद्ध कृष्ण ९३ रन० र कप्तान जसप्रित बुमराह ९२२ रन० मा आउट भए। नियमित कप्तान रोहित शर्मालाई सिड्नी टेस्टमा रेस्ट दिँदा बुमराहले कप्तानी गरेका हुन्।

बलिङमा अस्ट्रेलियाका स्कट बोलान्डले ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिन सफल भए। पाट कमिन्सले २ विकेट र नाथान लियोनले १ विकेट हात पार्न सफल भए।

शुक्रबार नै आफ्नो पहिलो इनिङ्ग्स ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो विकेट गुमाउँदा दिनको खेल सकिएको छ। उस्मान ख्वाजा २ रनमा आउट भएका छन् साम कन्स्टास ७ रनमा खेलिरहेका छन्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्