विश्वकप लिग-२ : नेपाल लगातार दोस्रो खेलमा पराजित,  फेरि सिरिजको तेस्रो खेल ओमानविरुद्ध खेल्ने


काठमाडौं : विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजिति भएको छ।

नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे। झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।

नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए।

अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा ८असोजमा ओमानविरुद्ध खेल्ने छ ।ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्