बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति


 

काठमाडौँ : देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोड बराबरको क्षति भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्