पेट्रोलियम पदार्थको मूल्य घट्यो


जनकपुरधाम : चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

 

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्