नदीले बगाएर बेपत्ता भएका बालक रोहित साह मृत फेला


महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीले बगाएर बेपत्ता भएका बालक रोहित साह मृत अवस्थामा फेला परेका हुन् ।

आज साढे ४ बजे उनको शव बगाएको ठाउँबाट १० किलोमिटर टाढा बेलगाछी भन्ने ठाउँमा फेला परेको सशस्त्र प्रहरी महोत्तरीका एसपी बिनोद केसीले जानकरी दिनुभयो ।

महोत्तरीको गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीको बाढी हेर्न आएका १६ वर्षीय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको थियो । करिनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्