जनकपुरधाम : अरु देशका कार्यकारी प्रमुख बिदेश गएको बेला देशमा दैबिप्रकोप आइलाग्यो भने तुरुन्तै भ्रमण छोट्याएर स्वदेश फर्किन्छन तर हाम्रा देशका नेता देश संकटमा भएको बेला टेलिफोन र फेसबुकको माध्मले आस्वासन दिरहेका छन ।
प्राकृतिक बिपत्तिले कसैलाइ पर्ख भन्दैन न पर्खिन्छु भन्छ। जसले ठुला ठुला मै हु भन्नेहरुलाइ पनि ढाल्न बिराउदैन।
यस्तो भस्मकारि बिपत्तिमा पनि विद्वानहरुको आखामा दुसित राजनीतिको कण देखिन्छ ।
यो देशमा बसेर भबिस्य देख्ने हामी अहिले विपदको बेला नसुन्ने जस्तो कुरा सुन्न पाइरहेछौ ।
यतबेला नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् ।
संयुक्त राष्ट्रसँगको महासभालाई सम्बोधन गरेर अहिले घुमघामसहित अन्य कार्यक्रममा सहभागी उनले देशका विभिन्न स्थानमा बढी पहिरोको प्रकोप सुन्ने बितिकै मातहतका निकायलाई टेलिफोन मार्फत निर्देशन दिएका छन् ।
फेसबुकमार्फत उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन निर्देशन दिएका छन् ।
अविरल वर्षासँगै बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेको भन्दै उनले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी भएको पनि जानकारी दिएका छन् ।

