जनकपुरधाम : निरन्तर अविरल वर्षाका कारण जनकपुरका अधिकांश बाटोहरु हिलाम्येले लथपथ अवस्थामा छन ।
तर कुरा गरुम सिताचौक देखि पुलचौक जानेबाटो अहिले नहरमा परिनत भएका छन ।
सडक अवरुद्ध हुँदा यातायात सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सर्वसाधारण पैदल हिँड्न पनि बाध्य भएका छन् ।
दिनहु हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये बनेको त्यो बाटामो अहिले पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।
स्थानीयका अनुसार सडकमा खाल्टाखुल्टी हुनुका साथै पानीले भरिएको हुँदा पानी नरोकिएसम्म अवरुद्ध सडकमा यात्रा गर्न असम्भव हुने बताइएको छ ।
बर्षौदेखि त्यो बाटो अहिले सम्म जनकपुरधाम उपमहानगरपालिका बनाउन सकेको छैन, त्यहाका स्थानीयहरुको भनाइ छन

