अब परीक्षामा एआई प्रयोग गरिएमा जुनसुकै तहको परीक्षा रद्द गर्ने त्रिविको निर्णय


 

काठमाडौँ : अब एआई प्रयोग गरिएमा परीक्षा रद्द हुने त्रिविले निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई (आर्टिफिसियल इन्टेलिजेन्सी) को प्रयोग गरेको पाइएमा जुनसुकै तहको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

असोज ७ गते बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले परीक्षामा एआईको प्रयोग गरेको भेटिएको भन्दै त्यसलाई निरुत्साहित गर्न कारबाही गर्ने निर्णय गरेको हो ।

त्रिवि शिक्षाध्यक्ष प्राडा खड्क केसीले पछिल्लो समयमा उत्तर पुस्तिकाको परीक्षण गर्ने क्रममा धेरैमा उस्तै उस्तै उत्तर भेटिने गरेको बताए ।
चोरेर पास हुन खोज्नेलाई दण्डको बाटोबाट अघि बढ्नु पर्ने त्रिभुवन विश्वविद्यालयले बताइएको हो ।

हाल परीक्षाफलमा मोबाइल फोन तथा इलेक्ट्रिोनिक डिभाइसहरू लैजान प्रतिबन्ध छ ।

तरपनि कतिपय ठाउँमा धेरै विद्यार्थीको एउटै उत्तर भेटिने, एआईको प्रयोग गरे उत्तर लेख्ने गरेको पाइएको छ ।

यसका लागि विश्वविद्यालयले आधिकारिक रूपमा नै डिस्करेज गर्न आह्वान गरेको उनको भनाइ छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्