एक क्विन्टल ६० किलो गाँजासहित वीरगञ्जबाट दुई जना पक्राउ


वीरगञ्ज :  एक क्विन्टल ६० किलो गाँजासहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ना.३ ख ४२१२ नम्बरको ट्रकका चालक तथा गाडीधनी मकवानपुर हेटौडा उपमहानगरपालिका-७ कमाने बस्ने कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिका-३ बस्ने रोनाल विश्वकर्मा रहेका छन् ।

वीरगञ्ज महानगरपालिका- १८ भवानीपुर सिताराम चोकमा प्रहरीको विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्ट तर्फ आउँदै गरेको उक्त ट्रकलाई चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा १६ पोकामा रहेको एक क्विन्टल ६० किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । गाँजा बरामद भएपछि ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्