मधेस प्रदेश : दलित वस्तीमा आगलगी, २५ घर जलेर ध्वस्त


 

रौतहट : रौतहटमा गएराती एक वस्तीमा आगलगी हुँदा २५ घर जलेर ध्वस्त भएको छ ।

रौतहटको राजदेवी नपा वडा नम्बर ५ स्थित दलित बस्तिमा आइतबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएको हो।

स्थानीय बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप ३पासवान, रामनाथ ३हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट हो।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको र आगलागीबाट लाखौको क्षति भएको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्