काठमाडौं : सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि राति पनि उडान हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडानरअवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ।
गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो।
यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो। आइएफआर प्रणाली भएपछि अब भने दुई हजार मिटरको भिजिबिलिटी र रात्रिकालीन समयमा पनि उडानरअवतरण हुनेछ।
सामान्यतया विमानस्थलहरूमा दुई प्रणालीमा उडानरअवतरण हुन्छन्स भिएफआर र आइएफआर।
यी दुई नियमको प्रमुख फरक भनेको, भिएफआर अन्तर्गत पाइलटले आफै ककपिटबाट अगाडि हेरेर उडानरअवतरण नियमन गर्छन् भने आइएफआरमा यन्त्रको सहायताबाट नियमन हुन्छ
भिएफआरमा पाइलटले ककपिटमा बसेर आँखाले हेर्दै विमानरहेलिकप्टर उडाउनुपर्ने भएकाले भिजिबिलिटी महत्त्वपूर्ण मानिन्छ।
यस्तो उडानका लागि पाँच हजार मिटरभन्दा बढीको भिजिबिलिटी चाहिन्छ। अर्थात् कम्तीमा पाँच किलोमिटर दुरी प्रस्ट देखिने हुनुपर्छ। त्यस्तै दायाँ र बायाँको भाग कुहिरोबाट कम्तीमा एक हजार पाँच सय किलोमिटर टाढा हुनुपर्छ। तल र माथि भने तीन सय मिटर टाढा हुनुपर्छ।

