मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु, आज नुहाएर खाने दिन (तस्विरहरु)


 

जनकपुरधाम : जनकपुरसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नुहाएर खाने विधिबाट सुरु भएको हो ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको हो ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।

तस्विर : बुधेश्वर रजक

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्