पिएल सिंहप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं :  सोमबार बिहान चाक्सीबारिस्थित निवासमा निधन भएका काठमाडौंका पूर्वमेयर पिएल सिंहप्रति श्रद्धाञ्जली आफन्त तथा शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका छन्।

चाक्सीबारीस्थित निवासमै पुगेर पूर्वमन्त्रीसमेत रहेका सिंहको पार्थिव शरीरमाथि पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।

श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता सिंहलगायत आफन्त तथा शुभचिन्तकरहरू पुगेका थिए।

उनको पार्थिव शरीरलाई अहिले निवासमा नै राखिएको छ। कांग्रेसका नेतासमेत रहेका उनको अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने तयारी छ।

सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए।

लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो। उनको फोक्सोमा समेत समस्या थियो।

उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्