एनपिएलमा आज दुई खेल हुँदै


काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार दुई खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दैछ।

दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन्।

आजको खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ।

अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ।

जितेको खण्डमा चौथो स्थानमा रहेको कर्णाली याक्ससँग काठमाडौंको अंक बराबरी ८ हुनेछ। कर्णालीले अन्तिम खेल भोलि सुदूरपश्चिमसँग खेल्न बाँकी छ। सुदूरपश्चिमसँग पराजित भए र आजको खेलमा काठमाडौं विजयी भए काठमाडौंको सम्भावना रहन्छ।

काठमाडौं पराजित भएको खण्डमा प्लेअफमा जाने टोलीको आजै टुंगो लाग्नेछ।

विराटनगर र पोखरा यसअघि नै लिगबाट बाहिरिसकेका छन्।

शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिएको हो।

लुम्बनी लायन्स त्यो भन्दा अगाडि नै प्रतियोगिताबाट बाहिरिएको थियो।

जनकपुर तालिकाको शीर्ष स्थानमा छ। दुई खेल बाँकी रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन र चौथोमा कर्णाली छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्