काठमाडौं : त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा ९सिनेट० मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।
कर्मचारीहरूले सेवासुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए ।

