मधेस प्रदेश : ब्राउन सुगरसहित चारजना पक्राउ


वीरगञ्ज  : भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नं १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादवको रूपमा गरिएको छ ।

चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ ।
यसअघि पनि सो क्षेत्रमा मादक पदार्थसहितको तस्करीको घटना सार्वजनिक भइसकेको छ । स्म्याक र ब्राउन सुगरको कारोबार तथा तस्करीका घटनाका कारण यो क्षेत्र बदनाम रहेको छ ।

तर, हालै आएका प्रहरी प्रमुख (एसपी0 स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाहीहरू भइरहेका छन्, जसले अपराधीहरूमाझ त्रास फैलाएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्