सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता


 

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंमा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।

ब्युरोले उनीमाथि विद्युतीय ९ईलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो।

त्यसअनुसार सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो।

त्यसैगरी प्रसाईंले दोहोर्‍याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको हो।

‘कुनै व्यक्तिले उपदफा ९१० बमोजिमको कसुर पटक(पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।

डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप गर्नु हो। अर्थात पाँच वर्ष कैद भएमा डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ। यसो भएमा प्रसाईंलाई सात वर्षसम्म सजाय हुन सक्छ।

प्रसाईंलाई पहिलो कसुरमा असोज ६ गते पक्राउ गरेको थियो। दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा उनी ९ दिन हिरासतमा बसेर छुटेका थिए। जिल्ला अदालतले दुई वटा कसुरमा ५०-५० हजार धरौटी माग गरेको थियो।

त्यो मुद्दा किनारा नलाग्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुरको निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्