लगातार चार वटा खेलमा पराजित भएको लुम्बिनीले पहिलो जित हात पारेको


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ । गत १६ मंसिरबाट जारी एनपीएलमा लगातार चार वटा खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई हरायो ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलको अलराउन्ड भूमिकामा लुम्बिनीले जित निकाल्दा समर्थक तथा खेलाडीहरू उत्साहित देखिन्थे ।

लुम्बिनी पहिलो खेलमा विराटनगर रोएल्ससँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिम रोएल्ससँग ४५ रनले र चौथो खेलमा जनकपुरसँग १ रनले पराजित भएको थियो ।

खेलपछि कप्तान रोहितले अझै दुई खेल बाँकी रहेको र त्यसलाई जित्न सके प्लेअफ सम्भावना अझै बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्