काठमाडौँ : कांग्रेसका सांसद डा। सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको आरोप लगाएका छन्।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे। उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए।
सांसद शर्माले रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म मुद्दा दर्ता नगरेर अमानविय व्यवहार गरिएको दाबी गरे। उनले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पु¥याउने काम उचित नभएको टिप्पणी गरे।
‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरियो । अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ ।
जुन सरकारले मान्छेलाई गिरफ्तार गरेको हो । जनावरलाई गिरफ्तार गरेको होइन । मध्यरातमा अमानविय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन, शर्माले भने, ‘सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरिएको छ ।
लोकतान्त्रिक र प्रजातान्त्रीक व्यवस्थामा अमानविय कार्यको म घोर भत्र्सना गर्न चाहन्छु ।’
उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पु¥याउने काम गरिरहेको उल्लेख गरे। उनले लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए।सभार

