जनकपुरधाम : विश्व शान्ति स्थापना दिवको अवसरमा शनिवार जनकपुरधाममा पत्रकार शैलेन्द्र महतो क्रान्तिसहित दुईजना सम्मानित भएका छन् ।
शान्ति पुनःस्थापना तथा पीडितको न्यायको पक्षमा निरन्तर कलम चलाएको भन्दै अनलाइनखाबरका मधेश संवाददाता तथा टुडेपाटीका सम्पादक पत्रकार क्रान्तिलाई संस्थाले नगद ५ हजार र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
। प्राप्त गरेको नगद राशी पनि द्वन्द पीडित दत्तलाई आर्थिक सहयोग स्वरुप प्रदान गरेका छन् ।
शनिवार साँझ विश्व शान्ति स्थापना दिवसको अवसरमा कुर्वे वुस्ट्रोको सहयोग तथा ओरेक नेपालको समन्वय तथा एकल महिला समूहद्वारा आयोजित दीप प्रज्वलन तथा सम्मान कार्यक्रमा प्रमुख आतिथि जिल्लला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, उपसभापति संगिता ठाकुरले प्रमाणपत्र तथा नगद पत्रकार क्रान्ति र द्वन्द पीडित दत्तलाई हस्तान्तरण गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिका ९ की द्वन्द पीडित अञ्जुकी पति मनोज दत्तलाई तत्कालीन नेकपा माओवादी केन्द्रको दश वर्षे सशस्त्र द्वन्दमा नेपाली सेनाले घरबाट पक्राउ गरी बेपत्ता बनाएका थिए ।
त्यसपछि उनको परिवार पीडादायी जीवन भोग्न बाध्य छन् ।
एकल महिला समूह सुभद्रा आलेको अध्यक्ष तथा जिल्ला समन्वय समिति धनुषाका सभापति मण्डलको प्रमुख आतिथ्य एवं उपसभापति संगिता ठाकुरको विशिष्ट आतिथ्यमा दीप प्रज्वलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा डब्लु।एच।आर।डी।मधेश प्रदेशकी अध्यक्ष समेत रहेकी अधिवक्ता रेखा झा, मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय, ओरककी धनुषा प्रतिनिधि मिना महतो, आरती मण्डल लगायतको सहभागिता रहेको थियो ।

