काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरिएको छ ।
आज आयोजित राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०-८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन् ।
उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

