पोखराविरुद्ध टस जितेर पहिले बलिङ गर्दै जनकपुर


 

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा अहिले केही बेरमा सुरु हुने खेलमा जनकपुरका कप्तान अनिल साहले टस जितेपछि पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

जनकपुर लगातार तेस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जितको प्रतीक्षामा छ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स अर्को खेलमा कर्णाली याक्सलाई फराकिलो अन्तरले हराएको जनकपुर लगातार तेस्रो जित सहित प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहँदा जारी संस्करणको महंगो टोली पोखरा पहिलो खेलमै चितवन राइनोजसँग पराजित भएकाले दोस्रो खेलमा जित निकालेर अंकको खाता खोल्ने लक्ष्यमा छ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्