जनकपुरधाम : सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत चौथो दिन बुधबार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। तिलकोत्सवको अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीले ‘सम्धि मिलान’ अंकमाल गरेका थिए। अंकमाल कार्यलाई यहाँ सम्धि मिलान भनिन्छ।

