एनपीएलमा आज पनि दुई खेल, यी ४ टिम भिड्दै


 

काठमाडौँ : नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बुधबार दुई खेल हुनेछन्।

एनपीएलको बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।

एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदै छन्।

कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रिँदै छन्।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।

शिखर धवन सम्मिलित कर्णालीले पहिलो खेलमा अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेन। शिखर धवनको खेल हेर्न सयौँ दर्शक मैदानसम्म पुग्ने गरेका छन्।

यता आफ्नो पहिलो खेलमा काठमाडौँले भने चितवन राइनोजसँग ५ विकेटको हार व्यहोरेको थियो। काठमाडौँका साहव आलमले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

आज एकअर्काविरिुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो खेलमा नतिजालाई बिर्सिँदै सुखद सुरुवातको लक्ष्यमा छन्।

दोस्रो भिडन्त विराटनगर र लुम्बिनीको
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्।

दिनको दोस्रो खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।

एनपीएलमा तेस्रो खेल खेल्न लागेको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ।

विराटनगरले लिगको पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो। मंगलबार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो हार व्यहोरेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तेस्रो खेलमा आएर जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

यता लुम्बिनीले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ।

लुम्बिनी आजको खेलमा विराटनगरलाई पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गर्ने दाउमा छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्