विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ हुने


 

जनकपुरधाम : हरेक वर्ष सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन जानकी मन्दिर परिसरमा धनुष यज्ञ हुने छन ।

त्रेतायुगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ ।

रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए ।

उक्त धनुष कसैले उचाल्न नसकेपछि अयोध्याबाट आएका भगवान रामले तीन टुक्रा पारेपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत मंसिर १६ गते नगर दर्शन, १७ गते फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुष यज्ञ, भोली १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वंमबर र शुभविवाह तथा २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्