महिला पत्रकार नै किन दुर्व्यवहारको निशानामा, यस्ता समस्याले प्रेस छोड्न समेत बाध्य


 

जनकपुरधाम : कुरा गरौ एउटा सशक्त महिला पत्रकार चाँदनी झा उनी आइतबार धनुषाको धनुषाधाम नगरपालिका १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको समाचार संकलन गर्न ठाकुर प्रसाद स्मृति भवन मतदान केन्द्रमा पुगेको बेला उनीमाथि दुव्र्यवहार भएको हो ।

आजै हैन यस्ता दर्जनौ महिला पत्रकारले यस्तो समस्या व्यर्होर्दै आएकी छिन । यस्ता समस्याले कयौ महिला पत्रकार प्रेस छोड्न समेत बाध्य भएका छन्।
पत्रकार झा प्राइम टेलिभिजन र टिभी टुडेमा कार्यरत्त छिन् ।

“म सहकर्मीसहित समाचार संकलनका लागि पुगेकी थिएँ । परिचयपत्र देखाएर मतदान स्थलभित्र प्रवेश गर्न लाग्दा सई अशोक झा आएर मलाई गेटबाटै बाहिर निकाल्न निर्देशन दिए । नराम्रो शैलीमा हप्काउन थाले” पत्रकार झाले भनिन् ।

पत्रकारलाई मतदान स्थल प्रवेश निषेध गरिएको हो भन्ने प्रश्नमा सई झाले गैरजिम्मेवार शैलीमा ‘निर्वाचन अधिकृतलाई सोध्नुस्’ भन्ने भन्ने जवाफ दिएको पत्रकार झाको गुनासो छ ।

यो घटनाबारे सहायक निर्वाचन अधिकृत प्रतिक्षा चौधरीले गोपनियतामा खलल नपर्ने गरी पत्रकारलाई फोटो खिच्न रोक नलगाइएको बताइन् ।
पत्रकारलाई प्रवेश गर्न नदिएको भन्ने गुनासोमा उनले भनिन् “हामीलाई यसबारे जानकारी आएको छैन । कुनै पत्रकारले औपचारिक रूपमा गुनासो पनि गरेका छैनन्। तथापि, हामी यो विषयमा बुझ्नेछौं”

घटनामा संलग्न प्रहरी अधिकारी सई झा जिल्ला प्रहरी कार्यालय धनुषाबाट उपनिर्वाचनका लागि खटिएका थिए । धनुषाका प्रहरी प्रक्ता बरुणबहादुर सिंहले यस घटना बारे आफूलाई जानकारी नरहेको र टोलि फर्केपछि बुझेर केही भन्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्