काठमाडौँ : नेपाल प्रिमियर लिग ९एनपीएल०को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्ता दिएको छ।
जनकपुरका कप्तान अनिल साहाले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
भरीभराउ दर्शकमाझ हुन लागेको एनपिएलको उद्घाटन खेलमा दर्शकहरु ३ घण्टा अघिबाट खेल सुरु हुँदासम्म पनि मैदान प्रवेश गरिरहेका छन्।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजबाट सुरु हुन लागेको खेलको टिकट दुई दिन अघिनै ‘सोल्ड आउट’ भइसकेको जनाएको थियो।

