जनकपुरधाम : आज सविंधान दिवस देशभर आज मनाइदै छ । २०७२ असोज ३ गते सघियतासहितको सविंधा जारी भएको दिनको स्मरणमा प्रत्येक बर्ष ३ गते असोज मा मनाइदै आएको छ ।
विशेष गरि तराई–मधेश लोकतान्त्रिक पार्टीले असोज तीन गते कालो दिनको रुपमा मनाउने निर्णयलाई निरन्तरता दिने भएको छ ।
सरकारले आजको निद विभिन्न कार्यक्रम गरि मनाइरँहदा कतिपयले सामाजिक सञ्जालमा कालो तस्विर राखेर तथा बन्दुकको नोकमा मधेशी सपुतको रगतमाथि टेकेर संविधान घोषणा गरेको दिनको सम्झनामा गर्दै कालो दिवस मानइरहेका छन ।
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहानविशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।
टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।
नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन रहेको छ ।

