समता घरेलु लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन


काठमाडौँ :  समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ।

आज मंगलबार समयभित्र कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिन सकिनेछ।

लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा कात्तिक १९ गते साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ७७ करोड २३ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

जसमा ११ लाख ७१ हजार ४६५ जना आवेदकहरुले १ करोड ७७ लाख २३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्