जय ट्रफीस् पुलिसविरुद्ध पहिलो इनिङमा १ सय २९ रनमा समेटियो मधेश


काठमाडौं : जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पुलिसविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको मधेश पहिलो इनिङमा १ सय २९ रनमा समेटिएको छ।

मधेशका लागि मयन यादवले ५९ रन बनाउनु सर्वाधिक रह्यो। उनले ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै, निरज यादवले २९ रन बनाउँदा अन्यको प्रदर्शन भने गतिलो रहेन। थप दोहोरो स्कोरका रुपमा अभिषेक तिवारीको १७ रन रहँदा अन्यको प्रदर्शन भने गतिलो रहेन।

पुलिसका लागि गुल्सन झाले सानदार बलिङ गर्दै ५ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ विकेट लिँदा श्रवन यादव र ललित राजवंशीले समान १-१ विकेट लिए।सभार

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्