जनकपुरधाम : वर्षामा बाढीको मार खेप्ने गरेका तराईबासी अहिले शीतलहर तथा बाक्लो हुस्सुका कारण कठ्यांग्रिनु परिरहेको छ। मंलबार विहानै देखी चिसो हावा तथा पानीको झिसी परेकोदे तराईक्षेत्रमा चिसो हवात्तै बढेको हो । चिसोबढे संग अहिले तराईको विभिन्न भागमा जनजिवन प्रभावित भएको छ ।

अत्याधिक बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा जनकपुरधाम उपमहानगरपालिका द्वारा नगर क्षेत्र भित्र विभिन्न स्थानमा सर्वसाधारणहरुलाई आगो ताप्ने व्यवस्था मिलाएको छ।
जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज कुमार साहको अध्यक्षतामा प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण इलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउने भनी निर्देशन दिएसँगै कुनै कुनै स्थानमा प्रहरी तथा स्थानीय तहले दाउराको व्यवस्था गरेर सर्वसाधारणलाई न्यानो बनाउने काम गरिरहेका छन्।


