माइतीघरमा मनाइयो धोती दिवस


 

काठमाडौं: विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रुपमा धोती दिवस मनाएका छन्।

बुधबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी धोती दिवस मनाएका हुन्।

दिवसका अवसरमा सहभागीहरूले धोती लगाएर प्रदर्शन गरेका थिए। सहभागी ‘धोती भैया भनेर हेप्न पाइँदैन’,’मशेस एकता जिन्दावाद’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो,’लगायतका पम्प्लेट बोकेका छन्।

यता, आजकै दिन जागरुक युवा अभियान नेपालले बसन्तपुरमा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्