घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ:  अन्तर्रराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।

सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ ।

आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्