विराट कोहली अस्ट्रेलियन ब्याटरसँग ठोक्किएपछि विवाद


 

काठमाडौं : भारत र अस्ट्रेलियाबीच बिहीबार मेलबर्नमा सुरू भएको बक्सिङ डे टेस्टको पहिलो दिन विराट कोहली र साम कन्स्टास विवादमा उत्रिएका छन्।

बोर्डर–गावस्कर ट्रफीअन्तर्गत बिहीबार सुरु भएको चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि युवा ब्याटर साम कन्स्टासले डेब्यू गरे।

१९ वर्षीय कन्स्टास खेलको सुरुदेखि नै भारतीय बलरमाथि हावी देखिएका थिए। उनले विशेषगरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशाना बनाएका थिए।

यद्यपी खेलको १०औं ओभर सकिए लगत्तै कन्स्टास र भारतीय ब्याटर कोहली भनाभनमा उत्रिएपछि सामाजिक सञ्जाल तातेको छ।

भारतका लागि मोहम्मद सिराजले १० औं ओभर बलिङ गरेका थिए। यो ओभरपछि कन्स्टास आफ्ना ओपनिङ पार्टनर उस्मान ख्वाजातर्फ अघि बढेका थिए।

यसैबीच कोहली हातमा बल लिएर कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढेका थिए।

यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो। त्यसपछि कन्स्टास निकै रिसाए र कोहलीलाई केही कुरा भने।

जवाफमा कोहलीले पनि कन्स्टासलाई केही भने। त्यसपछि उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आएका थिए। सभार

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्