रौतहट : हिरो मोटरसाइकलले आफ्नो दुई वटा मोटरसाईकल नयाँ मोडेलमा सार्वजनिक गरेका छन । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरका आधिकारिक वितरक सिजि मोटर्स कम्पनीले आधिकारिकता दिएसँगै रौतहट जिल्लाको गरुडामा रहेको साह ब्रोदरर्स ट्रेडिङ्ग कन्र्सनले गरुडा नगरपालिका वडा नं. ४ मा यो शोरुम सञ्चलनमा ल्याएको हो ।
बिहिबार विशेष कार्यक्रमको आयोजना गरी नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले शोरुममा ल्याएका बिश्वकै ठुलो मोटरसाईकल र स्कुटर निर्माता हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरलाई अनावरण गर्नु भएको छ ।
अनावरण समारोहमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । अनावरण कार्यक्रमको नगर प्रमुख जैसवालले मोटरसाइकल अहिलेको जीवनशैलीको अत्यावश्यक साधन भएको र यसको महत्व बढ्दै गएको कुरा आफ्नो सम्बोधनमा व्यक्त गरेका थिए ।
उनले मोटरसाइकललाई मानिसको दैनिक जीवनको अभिन्न अंगको रूपमा व्याख्या गर्दै भने, “मानिसको पाँच ज्ञानेन्द्रियमध्ये कुनै एकमा समस्या आउँदा जस्तै कठिनाइ उत्पन्न हुन्छ, त्यसैगरी आजको जीवनमा मोटरसाइकल पनि नभई नहुने आवश्यकता भएको बताए ।
“यस मध्यभाग तथा यस क्षेत्रको मुख्य ब्यापारिक स्थानमा शो रुममा बिभिन्न प्रकारका मोटरसाईकल ल्याएकोले यस ठाउँका मानिस लगायत वरिपरिका ग्राहकहरुलाई अति खुसिको खबर भएको नगर प्रमुख जैसवालले बताएका थिए ।
यस भेगका मानिसहरुलाई यस अघि मोटरसाईकल किन्न बिरंगज, गौर र जनकपुर सम्म जानु पर्ने भएको थियो तर उक्त समस्याको झन्झट खत्म हुने भएको बताए । अव समय र पैसाको बचत हुने र आफ्नै ठाउँमा किनने भएको हो ।
त्यस कारण सम्पुर्ण मानिसलाई अव यहिबाट आ–आफ्नो हिरोको मोटरसाईकल र स्कुटर किन्न नगर प्रमुख जैसवालले आग्रह गरेका थिए । त्यसतै उक्त शोरुमका प्रोप्राइटर श्रीराम साहले हिरो कम्पनीले नेपाली बजारमा १५ वटा मोडलका मोटरसाइकल र स्कुटरहरू उपलब्ध गराएको जानकारी दिए ।
यस अवसरमा ग्राहकहरूका लागि विशेष अफर समेत ल्याइएको साहले जानकारी दिए । वहाँले भने हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त रहेको जानकारी दिनु भयो । साथै सिजि मोटर्सको एयसएम बिकास कुमारले भने यो एक्स्ट्रिम १६० आर फोरभीले १६०सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३सीसी ४ भल्भबीएस–भीआई इन्जिन प्रदान गर्दछ ।
यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने बताउनु भयो । यो मोटरसाइकलले ०–६० कि.मी.÷घण्टामात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण पनि गरिएको भन्नृु भयो ।
उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबै भन्दा तिब्र गतिको मोटरसाइकल रहेको स्पष्ट पार्नु भयो । यसलाई अझउच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने सुनाउनु भयो ।
केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने जानकारी दिनु भयो ।
मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूको लागि शोरुमले बिक्रीपछि सेवा, पार्ट्स उपलब्धता तथा प्राविधिक सहयोगमा पनि उत्कृष्ट सेवा दिने उद्देश्य राखेको छ ।
कार्यक्रममा समाजसेवी लक्ष्मण साह, छठु साह , युवा नेता तथा समाजसेवी शैलेस जैसवाल, श्याम सहनी उर्फ चन्द्रनाशु लगायत संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

