बेरोजगार कारण युवा पलायन हुदा सरोकारवालाहरु चिन्तित


धनुषा : आज एक कार्यक्रम बीच बैदेशिक रोजगारीको लागि युवा पलायन हुदा सरोकारवालाहरु चिन्तित भएको बताइएको छ | युवाहरु पलायन हुनुको मुख्य कारण बेरोजगारी नै हुन् |

सुरक्षित बैदेशिक रोजगारी जाने युवाहरु प्रक्रिया बुझी सम्झी जादा ठगिमा पर्ने सम्भावना कम हुने बक्ताहरुले बताएका छन |
सबैला युवा संजालको आयोजना र सेफ नेपाल को साझेदारीमा युथ डिस्कोर्स सेरिज अन्तरगत बैदेशिक रोजगारी र युवा पलायन विषयक सामाजिक मुद्दामा पाइनल डिस्कसन सबैला नगरपालिका वडा नं. १३ को कार्यालय प्रसाहीमा सानदार तरिकाले सफल भएको छ ।

कार्यक्रममा बिषय बिग्य रुपमा अप्रवासीहरु कोहक अधिकारको लागि काम गर्ने रामप्रमेश मण्डलले कार्यक्रम आफ्ना प्रस्तुति गरि अप्रवासी कामदार को हक अधिकार र बैदेशिक रोजगारीमा जाने युवा हरुको लागि आफ्ना भनाइ राख्नु भएपछी सहजकर्ता पत्रकार समेत रहेका प्रमोद शर्माले प्रश्नहरु गर्दै पाइनल डिस्कसन शुरु गरेका थिए |
स्थानीय सरकारको तर्फबाट युवा पलायन नियन्त्रण गर्न हालसम्म के-के प्रयास भएका छन्?, .युवाहरुलाई स्वदेशमै रोक्न के कस्ता कार्यक्रमहरु लयाउनु भएको छ ? (आगामी दिनमा) ल्याउन सोच्नु भएको छ ? स्थानीय तहले नै श्रम स्वीकृत दिने नेपाल सरकारको निर्णयलाई २०८१/०८२ देखि पालिका हरुले लागु भनिएकोमा सबैलाबाट श्रम स्वीकृत भएको छ कि छैन ? लगायत प्रश्न मा मेयर कारिराम यादव भन्नु भयो युवा हरु शिप मुलक तालिम, लोक सेबा आयोक कक्षा संचालन गरिएको छ | युवा लक्षित कार्यक्रमहरु पनि नीति तथा कार्यक्रम राखिएको तर युवा हरुले इच्छा संक्ति देखाउनु पर्नेछ

| बिदेशीक रोजगारीमा जाने युवा हरुको लागि श्रम स्वीकृति सबैला न.पा. बाट भइरहेको बताउनु भयो |
बिदेशीक रोजगारी गएका परिवारको महिला हरु लाई समाजले बिभिन्न लाल्छना लगाउने गरेको छ, समाज बिकृति पनि रहेको उपमेयर रहिमा खातुनले बताईन |

आफ्नो वडामा युवा हरु विदेश पलायन हुन् बाट रोक्न शिप्मुलक तालिम दिने वडा अधयक्ष देवनारायण महतोले बताउनु भयो |
युवाहरु लाई शिक्षा जोड दिनु पर्ने प्र. अ. राम संकर यादवले बाताउनु भयो | बैदेशिक रोजगारी बाट फर्की आएका कौशल यादवले भन्नु भयो- सब भन्दा पहिले बिदेशमा भाषा समस्या हुने गरेको छ . विदेश धेरै प्रकारको समस्या हरु खप्नु परेको हुन्छ |

ब्यबसायी शिक्षामा जोड दिए पछी युवा हरु नेपाल नै जागिर पाउने , नपढे लेखेको लागि शिप्मुलक तालिम दिएमा युवालाई बैदेशिक रोजगारी जान बाट रोक्न सकिने समाजसेबी बिनोद पाल बताउनु भयो |
सुरक्षित बिदेशीक रोजगारी मा जाने युवाहरु ठगि नपरुन र उनीहरु हक अधिकारको लागि स्थानीय सरकारसंग सहकार्यको हुन् जरुरि रहेको बक्ताहरु बताएको छ |
पाइनालिस्ट को रूपमा सबैला नपाको मेयर कारिराम यादव, उपमेयर रहिमा खातुन, वडा अध्यक्ष देवनारायण महतो, समाजसेवी विनोद पाल, प्रअ रामशंकर यादव, विदेशबाट फर्केर आएका युवा कौशल यादव, अप्रवासीहरु को हक अधिकारको लागि काम गर्ने र बैदेशिक रोजगारी क्षेत्रको लामो अनुभवी तथा विषय विग्य रामप्रमेश मण्डल रहेका थिए |
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो | सबैला युवा संजालका सदस्यहरु सर्वजीत यादव, महेश ठाकुर, अमृता राय, अमृत कुमारी राउत, लगायतको उपस्थिति रहेको थियो |

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्