आप्रवासी कामदारको सम्मानमा जनकपुरमा गरिए दीप प्रज्ज्वलन


जनकपुरधाम : २०२४ अन्तराष्ट्रि आप्रवासी कामदार दिवसको अवसरमा जनकपुरधाममा दिप प्रज्वलन गरिएको हो ।

रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर देशको अर्थतन्त्रप्रति पुर्‍याएका त्याग र योगदानका सम्मानमा सामी कार्यक्रम धनुषा र रेमी कार्यक्रमको तर्फबाट वैदेशिक रोजगार सडक नाटक प्रस्तुत गरि जनकपुरको जिरोमाईलमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुरधाम उप-माहानगरपालिकाका (मेयर) मनोज कुमार साह, (उपमेयर) किशोरी साह, समाजिक साखाका प्रमुख सुनिल कुमार झा साथै सामी कार्यक्रमको जिल्ला संयोजक सौरव कर्ण, सामी हेल्मेटासका अधिकृत देवनारायण मण्डल, अप्रवासी श्रमिक संजालका जिल्ला अध्यक्ष दुस्खरण यादव लगायत सामी कार्यक्रम धनुषा र रेमी कार्यक्रम धनुषाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको सामी कार्यक्रमको स्वय सेवक बसन्त कुमार कर्णले बताउनुभयो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्