मलेसियाको क्वालालाम्पुरमा जारी महिला यू-१९ एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको खेलमा वर्षा बाधक बनेको छ।
बायुमास ओभलमा सुरु भएको खेलमा श्रीलंका पहिले ब्याटिङ सुरु गरेको पहिलो ओभर पछिनै खेल वर्षाले रोकिएको हो। वर्षाका कारण १ ओभरमा १ रन जोड्दा १ विकेट गुमाउन पुगेको थियो।
त्यसपछि खेल वर्षाका कारण रोकिएको हो।
ओपनर हिरुनी हासिका ३ बल खेल्दै शुन्य रनमा आउट भइन्। उनी पहिलो ओभरको पाँचै बलमा पुजा महतोको बलमा अलिस कुमारीय यादव द्वारा क्याचआउट भएकी थिइन्।
नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको थियो।
नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल ३ अङ्क सहित समूह ‘ए’ को उपविजेताका रुपमा सुपर चारमा प्रवेश गरेको थियो।
श्रीलंका पनि समूह ‘बी’ को उपविजेता हो। उसले समूह चरणमा मलेसियाविरूद्ध जित निकाल्दा बंगलादेशसँग पराजित भएको थियो। आयोजक मलेसिया भने २ खेल हारेर समूह चरणबाट बाहिरिसकेको छ।
सुपर फोरमा पुगेको टिमले अर्को समूहबाट सुपर फोरमा पुगेका दुवै टोलीसँग समान १-१ खेल खेल्न पाउने छ। नेपालले सुपर फोरको दोस्रो खेल बंगलादेशसँग भोलि खेल्ने छ। भोली हुने खेलपछि शीर्ष दूईमा रहने टिमबिच फाइनलमा प्रतिस्पर्धा हुने छ

