अर्नाको आक्रमणबाट एक जनाको मृत्यु


जनकपुरधाम : सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका-९ का शुभेलाल मण्डलको मृत्यु भएको हो ।

 

बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्