काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा फाइनल पुग्ने भिडन्तका रुपमा रहेको पहिलो क्वालिफयारमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
योसँगै केहीसमय पछि सुदूरपश्चिम बलिङका लागि मैदान उत्रिने छ। दुवै टिम प्रतियोगितामा पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन्। यो खेलमा पराजित टोलीले भोली इलिमिनेटरको विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्ने छ।
आज जनकपुरका कप्तान अनिल साहा चोटका कारण टोलीमा छैनन्। उनको स्थानमा कप्तानी मार्की खेलाडी आसिफ शेखेल गर्नेछन्।
सुदूरपश्चिम रोयल्स प्लेइङ ११:
विनोद भण्डारी, सेफ अली जैब, ब्रान्डन म्याकमुलेन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, स्कट कुग्लेइङ, नरेन साउद, नरेश बुढाएर, अविनाश बोहरा, हर्मीत सिंह
जनकपुर बोल्ट्स प्लेइङ ११:
आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था, हर्ष थकर, जिमी नीशम, मोहमद मोहसिन, शुभ कंसाकार, शेर मल्ल, अरनिको यादव, किशोर महतो, ललित राजवंशी

