कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन


काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० मा ‘एलिमिनेटर’ अन्तर्गत जित्नु पर्ने दबाब रहेको खेलमा चितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। फाइनल प्रवेशको सम्भावनालाई कायम राख्न दुवै टोलीलाई आजको खेल जित्नु पर्ने चुनौती छ।

लिग चरणमा तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले प्लेअफ पक्का गरेका थिए। क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ। पराजित टोली प्रतियोगितामा चौथो स्थानमा रहेर यात्रा अन्त गर्नेछ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए। ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो।

अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई नेटरनरेटमा पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो।

यस्तो छ चितवनको राइनोजको प्लेइङ ११:
हसन एइसाखिल, लुक बेनकेन्सटाइन, सन्तोष कार्की, विपिन रावल, रभि बोपारा, कुशल मल्ल ९कप्तान०, शरद भेषावकर, अमर सिंह रौटेला, सोहेल तनविर, रिजन ढकाल, रन्जित कुमार

यस्तो छ कर्णाली याक्सको प्लेइङ ११:
रित गौतम, देव खनाल, जयकिशन कोल्सावाला, चाडविक वाल्टन, गुल्शन झा, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, सोमपाल कामी ९कप्तान०, नन्दन यादव, विपिन प्रसाद शर्मा

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्