एनपिएल : केहि बेरमा चितवन र कर्णाली भिड्ने


काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारबाट सुरु हुने ‘प्लेअफ’ चरणका खेलहरु सुरु हँदै छन्। दिनको पहिलो खेलमा ‘एलिमिनेटर’ चरणको खेल हुँदैछ। जहाँ हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ।

लिग चरणमा तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर अन्तर्गत बिहान ९ बजे टीयू मैदान कीर्तिपुरमा खेल हुनेछ।

क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुने छ। यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ। पराजित टोली प्रतियोगितामा चौंथो स्थानमा रहेर यात्रा अन्त गर्ने छ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए। ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो।

अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई नेटरनरेटमा पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्