विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाखको क्षति


धनगढी : धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

आइतबार राति धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको थियो ।

आगलागीबाट होटेल र पसलभित्र रहेका किराना लगायतका सामान जलेर ३० लाखको क्षति भएको प्रहरीले जनाएको छ । तर, आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।

आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्