नेपाली सेनाले खुलायो भर्ना


काठमाडौं : नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ।

शुक्रबार सूचना जारी गरेर सेनाले प्राडरप्राविधिकरहवाईरविविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो।

ती पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ।

सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ। त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र ५ जना पण्डितसमेत माग गरेको छ।

सिभिल तथा आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर प्राविधिक, हवाईतर्फ ग्राउन्ड ह्याण्डलिङ, लेखा लगायत विभिन्न उपसमूहमा पदपूर्ति गर्न सेनाले कुल ३०१ जना कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपालीहरूले नेपाली सेनाको आधिकारिक वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्