महुली लघुवित्तले पुस ५ देखि एफपीओ जारी गर्ने


काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९।६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।

सर्वसाधारणले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सय रुपैयाँकै दरले कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्