एनपीएल : चितवनले जित्यो टस, लुम्बिनीविरुद्ध बलिङ गर्दै


 

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेसँगै चितवनले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको छ ।

लगातार चार खेलमा पराजित भएको लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चारवटै खेलमा हार बेहोरेर अङ्क तालिकाको पुछारमा रहेको लुम्बिनी आज पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्