काठमाडौँ : एकदिनको विश्रामपछि नेपाल प्रिमियर लिग ९एनपीएल० का खेल आज (मंगलबार) देखि पुनस् सञ्चालन हुँदै छन्।
सदाझैँ आज पनि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई प्रतिस्पर्धा हुनेछन्।
बिहान ९ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्।
हालसम्म चार खेल खेलेको चितवनले ३ मा जित हासिल गरेको छ भने एउटामा हार भोगेको छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो भने तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको थियो। फेरि चौथो खेलमा चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो। चितवन ६ अंकसहित तेस्रो स्थानमा छ।

