लगातार चौथो जित निकालेको जनकपुर बोल्ट्सलाई चीन भ्रमणमा लगिने


 

काठमाडौँ : नेपाल प्रिमियर लिग क्रिकेट ९एनपीएल० मा लगातार चौथो जित निकालेको जनकपुर बोल्ट्सलाई टोलीको गोल्ड पार्टनर टेक्नोले चीन भ्रमण गराउने भएको छ।

लगातारको जीतले उत्साहित बनेको टोलीलाई थप उत्साहित र मानसिक रुपमा बलियो बनाउने उद्धेश्यसहित टीमलाई चीनको भ्रमणले रोमाञ्चक गराउने टेक्नोले जनाएको छ।

जनकपुरले आइतबार आफ्नो चौंथो जित निकलेको थियो। टियू मैदान कीर्तिपुरमा भएङ्को खेलमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

४ खेलबाट ८ अंकसहित बोल्ट्स अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्